+

के मधुमेहबाट बच्न सम्भव छ ?

२०८० मंसिर  २२ गते १६:५० २०८० मंसिर २२ गते १६:५०
के मधुमेहबाट बच्न सम्भव छ ?

तथ्यांकले देखाउँछ, मधुमेहको कारण विश्वभर वर्षेनी दश लाख व्यक्तिले ज्यान गुमाउँछ । मधुमेह ग्रस्त व्यक्तिको रगतमा ग्लूकोज वा चिनीको मात्रा जम्मा हुन्छ । यही कारण उनीहरुलाई हृदयघात एवं मुटुको रोग लाग्न सक्छ । यसका साथसाथै अन्धापन, मिर्गौला खराब हुने जोखिम पनि उच्च छ ।

विश्व स्वास्थ्य संगठन भन्छ, विश्वभरमा अहिले ४२ दशमलव २ करोड व्यक्ति मधुमेहले पीडित छन् । बितेको ४० बर्षमा मधुमेहले सताउने व्यक्तिको संख्या चार गुणा बढेको छ ।

त्यसो भए मधुमेहबाट कसरी बच्ने ? के मधुमेहको जोखिमबाट मुक्त हुन संभव छ ?

यो प्रश्नको जवाफ खोज्नुअघि मधुमेहलाई मिहिन रुपमा बुझ्न जरुरी छ ।

आखिर के हो मधुमेह ?

जब हामी कुनैपनि खानेकुरा खान्छौं, हाम्रो शरीरले कार्बोहाइड्रेटलाई तोडेर ग्लूकोजमा बदल्छ । प्याक्रियाजबाट इन्सुलिन नामको हर्मोन स्किन्छ, जसको मद्दतले हाम्रो शरीरको कोशिकाहरुले सुगरलाई सोसेर उर्जामा बनाउँछ ।

जब शरीरमा इन्सुलिन बन्न कम हुन्छ वा त्यसले ठीक ढंगले काम गर्दैन तब कोशिकाले रगतमा भएको सुगरको मात्रा सोस्न सक्दैन । यही स्थितीले मधुमेहको जन्म दिन्छ ।

मधुमेह कसलाई हुनसक्छ ?

१. वयस्क एवं बुढापाका

२. मोटोपन भएका एवं शारीरिक श्रम नगर्ने

शरीरमा ब्लड सुगर लेभलको मात्रा धेरै छ भने रगतले नसालाई क्षति पुर्‍याउँछ । शरीरमा रगत राम्ररी प्रवाह हुन सकेन भने रगत शरीरको त्यो हिस्सामा पुग्न पाउँदैन जहाँ यसको जरुरत छ । यावत कुराले अन्धोपन, मिर्गौला खराब हुने, हृदयघात हुने जोखिम उच्च बनाउँछ

मधुमेह भएको कसरी थाहा हुन्छ ?

१. धेरै तिर्खा लाग्नु

२. सामान्यभन्दा बढी पिसाब लाग्नु । खासगरी रातको समयमा ।

३. थकान महसुष हुनु ।

४. बिना कुनै कारण तौल घट्नु ।

५. आँखाको दृष्टि कमजोर हुनु ।

६. घाउ निको हुन समय लाग्नु ।

ब्रिटिश नेशनल हेल्थ सर्भिसका अनुसार टाइप १ मधुमेहको लक्षण सानै उमेरदेखि देखापर्छ । त्यसैगरी टाइप २ मधुमेह वयस्क खासगरी २५ बर्षको उमेरपछि देखापर्छ ।

भनिहालौं, मधुमेह दुई प्रकारको हुन्छ । टाइप १ र टाइप २ ।

टाइप–१ मधुमेह

प्याक्रियाजमा हर्मोनले इन्सुलिन बनाउन छाड्छ । यस कारण रगतमा ग्लूकोजको मात्रा बढ्छ ।

टाइप–२ मधुमेह

प्याक्रियाजले आवयश्यक्ता अनुरुप इन्सुलिन बनाउँदैन । हर्मोनले ठीक ढंगले काम गर्दैन ।

के मधुमेहबाट बच्न सकिन्छ ?

अब फर्को मुल प्रश्नमा । के मधुमहेबाट बच्न सकिन्छ ? वा मधुमेह हुनै नदिने कुनै उपाय छ ?

मधुमेह आनुवांशिक र पर्यावरणीय कारणमा आधारित छ । यद्यपि तपाईंले आफ्नो रगतमा ग्लूकोजको मात्रा नियन्त्रण गरेर आफुलाई मधुमेहबाट बचाउन सकिन्छ । सन्तुलित भोजन र व्यायाम गरेर रगतमो ग्लुकोजको मात्रा नियन्त्रण गर्न सकिन्छ ।

प्रशोधित खानेकुरा, पेय बन्द गर्नुपर्छ । आफ्नो दैनिक खानामा सागसब्जी, फल, अन्न सामेल गर्नुपर्छ । नियमित अन्तरालमा खाना खानुपर्छ । पेट भरिएको बेला अतिरिक्त खानेकुरा खान हुँदैन ।

शारीरिक व्यायामले पनि रगतमा चिनीको मात्रा क मगर्न सकिन्छ । ब्रिटिश नेशनल हेल्थ सिस्टमका अनुसार मान्छेले एक हप्तामा लगभग अढाई घण्टा एरोबिक्स व्यायम गर्नुपर्छ, जसमा तिब्र गतिमा सिंढी चढ्ने र हिँड्ने कुरा सामेल छ ।

शरीरको तौल नियन्त्रण गरेर रगतमा चिनीको मात्रा घटाउनुपर्छ । यसका साथै चुरोट सेवन गनरौं ।

मधुमेह भएमा के छ खतरा ?

शरीरमा ब्लड सुगर लेभलको मात्रा धेरै छ भने रगतले नसालाई क्षति पुर्‍याउँछ । शरीरमा रगत राम्ररी प्रवाह हुन सकेन भने रगत शरीरको त्यो हिस्सामा पुग्न पाउँदैन जहाँ यसको जरुरत छ । यावत कुराले अन्धोपन, मिर्गौला खराब हुने, हृदयघात हुने जोखिम उच्च बनाउँछ ।

बिबिसीबाट

के मधुमेहबाट बच्न सकिन्छ ? टाइप–१ मधुमेह टाइप–२ मधुमेह मधुमेहको लक्षण मधुमेहबाट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

ट्रान्सजेन्डर पुरुषका लागि महिनावारी हुनु सबैभन्दा अप्ठ्यारो अवस्था हो

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

अनुभूति : अप्रेसन थिएटरभित्र ‘भाइटीका’

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

मोटोपनको कुरामा किन महिलाहरू बढी चिन्तित हुन्छन् ?

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

कलिलै उमेरमा महिनावारी : शरीर परिपक्व, मानसिक रूपमा कच्चा (भिडियो)

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर