
२२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वतस्फुर्त भर्ना भएका नेपालीको संख्या यकिन गर्न सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालसहितको टोलीले परराष्ट्रमन्त्री एनपी साउदलाई भेट गरेर रुसी सेनामा भर्ना भएका नेपालीको संख्या यकिन गर्न आग्रह गरेको हो ।
सरकारले हालसम्म रुसी सेनामा काम गरेका ६ जना नेपालीको मृत्यु विवरण मात्र सार्वजनिक गरेको छ । उसले रुसी सेनामा काम गर्ने नेपालीलाई फिर्ता पठाउन पनि रुसी सरकारलाई आग्रह गरेको छ ।
रास्वपाले इजरायल–हमास युद्धमा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको तत्काल मुक्तिका लागि सम्भव भएसम्मको कुटनीतिक पहल गर्न पनि मन्त्री साउदलाई आग्रह गरेको छ ।
मन्त्री साउदलाई पार्टीको ध्यानाकर्षण–पत्र बुझाउज अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख खनालसँगै प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरी परराष्ट्र मन्त्रालय गएका थिए ।
प्रतिक्रिया 4