+
+
Shares

दुम्सी मार्न जाँदा आफ्नै बन्दुक पड्किएर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १३:१६

२४ मंसिर, बुटवल । पाल्पामा जंगली पंक्षी दुम्सी मार्न जाने क्रममा आफैले बोकेको बन्दुक पड्किएर एक पुरुषको ज्यान गएको छ ।

पाल्पाको निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ्डाँडामा शनिबार बेलुका दुम्सी मार्न खोज्दा एस्थानीय ४८ वर्षीय डम्बरबहादुर सारुको बन्दुक पड्केर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो ।

घर नजिकैको फापर बारीमा दुम्सी मार्न जाने क्रममा चिप्लियर लड्दा आफैले बोकेको भरुवा बन्दुक पड्कदा घाइते  भएको सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले १ नाले भरुवा बन्दुर र एउटा झोला बरामद गरी थप अनुसन्धान गरिरहेको डीएसपी  श्रेष्ठले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?