
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनइतरका नेताहरुको बैठक बोलाएका छन् ।
मंगलबार (मंसिर २६ गते ) दिउँसो बस्ने गरी बैठक बोलाइएको नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । दिउँसो एक बजे बस्ने बैठकको स्थान भने तय भइनसकेको उनले बताए ।
‘समूहको बैठक नबसेको धेरै भएको थियो । महासमिति बैठक अघि एकपटक बसौं भनेर अनौपचारिक बैठक राख्नुभएको हो’, थपलियाले भने ।
बैठकमा आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरु, प्रदेश सभापतिहरु लगायतलाई बोलाइएको छ । ‘महामन्त्री गगन थापाले पनि आउँछु भन्नुभएको छ’, थपलियाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4