+
+

एनएसएलमा आज पोखरा र काठमाडौं खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते ६:३६

२५ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

पोखरा र काठमाडौं दुवैको यो पाँचौ खेल हुनेछ । तर पोखरा यस सिजन अपराजित छ भने शीर्ष चारमा छ । चार खेलमा दुई जित र दुई बराबरीबाट ८ अंक जोडेको पोखरा तेस्रो स्थानमा छ । उता काठमाडौं भने चार खेलबाट ५ अंकसहित पाँचौ स्थानमा छ ।

काठमाडौं विरुद्ध जित हात पारे पोखरा शीर्ष स्थानमा पुग्नेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ । पोखराका मुख्य प्रशिक्षक नविन न्यौपानेले लिग सुरु हुनुभन्दा अघिदेखि नै टिमको पहिलो लक्ष्य प्लेअफ पुग्ने भएको बताउँदै आएका छन् ।

अहिले पोखरा त्यही बाटोमा अघि बढिरहेको छ । पछिल्लो खेलमा नविन न्यौपाने निलम्बनका कारण टचलाइनमा थिएनन् तर पोखराले स्पोर्टिङ इलामलाई हराएर ३ अंक जोडेको थियो । त्यही लय कायम राख्ने योजनामा पोखरा छ ।

उता साविक विजेता काठमाडौंले भने यस सिजन सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । चार खेल खेलिसक्दा काठमाडौंले जम्मा एक खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ ।

पछिल्लो खेलमा बुटवल लुम्बिनीसँग पराजित भएको काठमाडौं फेरि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । बुटवलसँग पराजित भएपछि काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अब बाँकी रहेका चार खेलमा जित्न निकाल्दै प्लेअफ पुग्ने लक्ष्य रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?