 
																			२५ मंसिर, काठमाडौं । वामपन्थी ज्येष्ठ नागरिकहरुको मिलन कार्यक्रम आगामी ३ र ४ चैतमा पोखरामा हुने भएको छ ।
सम्मानितम वामपन्थी ज्येष्ठ नागरिकहरुसँग अनुभव साटासाट गर्ने र उनीहरुका अनुभवको अभिलेख तयार गरी विभिन्न माध्यमबाट प्रसार तथा प्रकाशन गर्ने उद्देश्यले कार्यक्रम आयोजनन गर्न लागिएको वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम, गण्डकी तयारी समितिका संयोजक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार हालको गण्डकी प्रदेशभित्र पर्ने क्षेत्रमा २०४६ सालअघि विभिन्न मोर्चामा बसेर काम गरेका जेल जीवन बिताएका, प्रवासमा निर्वासित जीवन विताएका, भूमिगत काम गरेका ७० वर्षभन्दा माथि उमेर समूहका वामपन्थी ज्येष्ठ नागरिकहरु सहभागी हुनेछन् ।
नेपालका कम्युनिष्ट पार्टीहरुका विभिन्न घटकमा सामेल भएर र स्वतन्त्र माक्र्सवादी चिन्तकका रुपमा रहेर वामपन्थी आन्दोलनमा सहभागी भएकाहरुलाई कार्यक्रममा सहभागी गराइने वरिष्ठ वामपन्थी लेखक एवं पत्रकार झलक सुवेदीले जानकारी दिए ।
२००६ सालमा गठिन कम्युनिष्ट पार्टीले ७५ वर्ष पार गरेको र पार्टी स्थापनाकालदेखि यताका विभिन्न कालखण्डमा विभिन्न कम्युनिष्ट घटकमा रहेर अनेक हण्डर ठक्कर खाएर काम गरेका, शहादत प्राप्त गर्नेहरु, जेल नेल खाएर प्रवासमा बसेर र भूमिगत भएर काम गर्ने हजारौं नेता कार्यकता र लाखौं जनसमूहको योगदानको समष्टिगत प्रतिफलबाट नै आज नेपालमा लोकतान्त्रिक गणतन्त्रमा स्थापित भएको छ तथा सामन्तवादी युगको अन्त भएको सुवेदीले बताए ।
नेपालको लोकतान्त्रिक व्यवस्था, निरपक्षेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहितको संघीय प्रणाली वामपन्थी राजनीतिक दलको सहभागिता, माक्र्सवादी बौद्धिक विमर्श र हस्तक्षेप बिना अघि बढ्न नसक्ने निकस्र्ष आफूहरुको रहेको उनले उल्लेख गरे ।
कम्युनिष्ट पार्टीमा आएको विभाजन र एकताका अनेक श्रृंखलाका बावजुद सबै धाराका कम्युनिष्ट कार्यकर्ताहरु र विभिन्न रुपमा सहयोग गर्ने जनताहरुको योगदानको उपलब्धीका रुपमा नेपालमा निर्वाचनका माध्यमबाट कम्युनिष्टहरु पटकपटक सरकारमा पुगेको तथा राजनीतिक मात्र नभक्ष्ई आर्थिक, साँस्कृतिक तथा प्राज्ञिक बहससहित समाजका सबै क्षेत्रमा वापमन्थी विचार समूहको उपस्थिपत तथा छतिनले नेपाली समाजलाई नेतृत्व गरिरहेको दाबी उनले गरे ।
नेपाली समाजलाई आजको अवस्थामा ल्याउन योगदान गर्ने पहिलो पुस्ताका नेताहरु सबैजसोको निधन भइसकेको र दोस्रो पुस्ताका नेताहरु ७० देखि ८० वर्ष माथि पुगेकाले उनीहरुका योगदानको उच्च सम्मान गर्न र प्रतिकुल परिस्थितिमा कसरी काम गरेका थिए भन्ने इतिहासको खास कालखण्डको अवस्थालाई अभिलिखित गर्न ढिलो भएको अवस्थामा यस्ता कार्यक्रमको औचित्य रहने आयोजकले बताएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4