
काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘रोयल्ड इन्फिल्ड हन्टर ब्रेकफास्ट राइड’ आयोजना गरिएको छ । लोकप्रिय मोटरसाइकल ब्राण्ड रोयल इन्फिल्डकोको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले राइडको आयोजना गरेको हो, जसमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।
सडक सुरक्षाप्रति सतर्कता जगाउँदै नियमपूर्वक मोटरसाइकल चलाउन प्रेरित गर्नु यस कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
शनिबार बिहान साढे ७ बजे रोयल इन्फिल्डको शोरूम नक्सालबाट सुरु भएको यो राइड दरबारमार्ग, शहीदगेट, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, कंलकी हुँदै कालुपाण्डे हिलसम्म चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4