+
+

श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा रमाउँदै पूर्वमिस नेपालहरु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १५:१८

काठमाडौं । बिहीवार विवाहको तयारीमा रहेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आज ‘मेहेन्दी समारोह’ चलिरहेको छ । श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा पूर्वमिस नेपालहरु पुगेका छन् ।

हायात होटलमा भैरहेको सेरेमोनीमा श्रृंखलाले हातमा आकर्षक मेहेन्दी लगाएको तस्वीरमा देख्न सकिन्छ । मरुन रङको लेहंगामा श्रृंखला आकर्षक देखिएकी छन् । उनको फोटो पोज ‘क्यूट’ देखिन्छ ।

तस्वीरमा पूर्व मिस नेपालहरु उषा खड्गी, सदिक्षा श्रेष्ठ, प्रिया सिग्देल, सुगरिका केसी, जेनिशा मोक्तान लगायत देखिएका छन् । केही दिनदेखि नगरकोटको एक रिसोर्टमा पनि पूर्वमिस नेपालहरुसँग श्रृंखलाको ब्याचलरेट पार्टी भएको थियो ।

बिहीवार होटल हायातमै संचार उद्यमी सम्भव सिरोहियासँग श्रृंखलाको विवाह समारोह हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?