
काठमाडौं । पियोर इनर्जी लिमिटेडले बाँकेको रनियापुरमा निर्माण गरेको सौर्य विद्युत आयोजनाको परीक्षण सम्पन्न गरेको छ । बाँके, ब्लक-१ अन्तर्गत १० मेगावाटको उक्त सौर्य विद्युत आयोजनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।
ब्लक-२ आयोजनाबाट गत वैशाख १८ गतेदेखि नै व्यावसायिक उत्पादन सुरु भइसकेको छ । ब्लक-१ आयोजना सञ्चालनसँगै निजी लगानीबाट निर्माण तथा सञ्चालन हुने नेपालकै ठूलो पावरप्लान्टको रुपमा स्थापना भएको कम्पनीले बताएको छ ।
यो आयोजनाबाट उत्पादित ऊर्जा राष्ट्रिय ग्रिडमा जोडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4