+
+

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते ७:१५

२८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)को महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ ।

सात प्रदेशका सात वडाबाट आज अधिवेशन सुरु गरिँदैछ। सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ ।

कैलालीको टीकापुर नगरपालिका-१ मा सहमन्त्री विपिनकुमार आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका-६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, बुटवल उपमहानगरपालिका-१३ मा कोषाध्यक्ष लिमा अधिकारी खटिएका छन् ।

यस्तै, पोखरा महानगरपालिका-१० मा प्रमुख सचेतक सन्तोष परियार, भरतपुर महानगरपालिका-११ मा महामन्त्री मुकुल ढकाल, बारा जीतपुर सिमरा उपमहानगरपालिका-२ मा सहमहामन्त्री सुमना श्रेष्ठ र इटहरी उपमहानगरपालिका-२० मा केन्द्रीय सदस्य विजय जैरु खटिएको रास्वपाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?