+
+

एनएसएलमा आज चितवन र धनगढी भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते ७:२६

२८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ ।

यस ससिजन अपराजित दुई मध्ये एक धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर छ ।

चार खेलमा २ जित र २ बराबरीबाट ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको ललितपुर ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । आज जित हात पारे धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ ।

अर्कोतर्फ चितवन भने पाँच खेलबाट पाँच अंकसहित बटम हाफमा छ । चितवनले एक खेल मात्र जित्दा २ खेल बराबरी गरेको थियो भने दुई खेलमा पराजित भएको थियो ।

त्यसैले चितवनका लागि भने आजको खेल जित्नैपर्ने दबाब छ । चितवनले धनगढीलाई हराएमा धनगढी समान नै अंक बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?