+
+

सर्वोत्कृष्ट संघीय संसद सेवा पुरस्कारबाट उपसचिव गोपाल सिग्देल पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १५:०९

२८ मंसिर, काठमाडौं । सर्वोत्कृष्ट संघीय संसद सेवा पुरस्कारबाट उपसचिव गोपाल सिग्देल पुरस्कृत भएका छन्।

१७ औ संघीय संसद सेवा दिवसको अवसरमा सिग्देल पुरस्कृत भएका हुन । १ लाख रुपैयाँ राशीको यो पुरस्कार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उपसचिव सिग्देललाई प्रदान गरे ।

उत्कृष्ट संसद सेवा पुरस्कार शाखा अधिकृत जीवन निरौलाले प्राप्त गरे । यो पुरस्कारको राशि ७५ हजारको छ ।

५०/ ५० हजार रुपैयाँ राशिको संघीय संसद सेवा पुरस्कार नायब सुब्बा चन्द्रा पौडेल र सिनियर प्रेस टेक्निसियन प्रेमबहादुर चन्दले प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?