+
+

दुई दिनमा हिमालयन रिको आईपीओ ७ लाख ३३ हजारले भरे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १८:०१

२८ मंसिर, काठमाडौं ।  दुई दिनमा हिमालयन रि–इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा ७ लाख ३३ हजार ६६ जनाले आवेदन दिएका छन् । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि बुधबारदेखि आवेदन माग गरिएकोमा दोस्रो दिन बिहीबार साँझ ५ बजेसम्म १ करोड ३२ लाख ५१ हजार ५१० कित्ताका लागि आवेदन परेको हो ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कुल २ अर्ब ७२ करोड ९८ लाख ११ हजार ६० रुपैयाँ रकमको आवेदन परेको छ । बुधबारदेखि सर्वसाधारणका लागि हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर आवेदन खुलेको हो ।

कम्पनीको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?