+
+

चितवन कारागारमा क्षमताभन्दा २०० बढी कैदीबन्दी, १०० जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते ६:४६

२९ मंसिर, चितवन । जिल्ला कारागार कार्यालय चितवनमा रहेका १११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । १११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् ।

अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ’, उनले भने ।

कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ । अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् ।

जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ ।

अहिले कारागारमा क्षमताभन्दा झण्डै २०० बढी कैदीबन्दी राखिएको छ । कारागारमा ४७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि ६७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा ४ आश्रित बालबालिका गरी ७१७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

‘उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ’, उनले भने । औषधि खरिद गर्न समस्या हुँदा दाताको सहयोग लिने गरिएको छ ।

– रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?