+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रस्तावित न्यायाधीश सुवेदी : आरती साह मुद्दाको आदेशमा आत्मालोचना गर्न सक्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १४:५५

२९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले आरती साहको मुद्दामा आफूले गरेको आदेशमा आत्मालोचना नगर्ने बताएकी छन् । आफूले इजलासमा बसेर जे देखेको हो, त्यही राय आदेशमा लेखेको उनले बताइन् ।

साहको हत्या गरेको अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका श्रीमान् र ससुरालाई सुवेदी सहितको इजलासले साधारण तारेखमा छाडेको थियो । सर्वोच्च अदालतले त्यसलाई आंशिक बदर गर्दै श्रीमानलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सुवेदीविरुद्ध साहको माइती परिवारले संसदीय समितिमा उजुरी दिएका थिए । संसदीय सुनुवाइका क्रममा सांसदहरुले उच्च अदालत, जनकपुरमा रहँदा गरेको आदेश सर्वोच्च अदालतले बदर गरेकाले आत्मालोचना गर्नुपर्दैन भनेर प्रश्न सोधेका थिए ।

जवाफमा सर्वोच्चमा प्रस्तावित न्यायाधीश सुवेदीले भनिन्, ‘मैले दिएको आदेश गलत थियो भनेर आत्मालोचना गर्नुस् भन्नुभयो । त्यो मैले गर्न सक्दिनँ ।’

विधिशास्त्रको सिद्धान्तले नै निर्दोष पनि हुनसक्छ, शंका गर्ने ठाउँ छ भने अभियुक्तले शंकाको सुविधा पाउँछ भनेको भन्दै उनले अघि भनिन्, ‘तत्काल प्राप्त प्रमाणलाई हेरेर इजलासमा बस्ने हामी न्यायाधीशहरुले जे देख्यौं, हाम्रो विश्लेषण अनुसार त्यही लेख्यौं ।’

आदेश लेख्ने क्रममा भोलि प्रमाण पुगेको बेलामा जिल्ला अदालतले निर्णय लिन सकोस्, उच्च अदालतको आदेश निर्देश दिए जस्तो नहोस् भनेर शब्दलाई अड्कलेर राखेको उनले बताइन् ।

अहिले सर्वोच्च अदालतको इजलासमा बस्ने न्यायाधीशले आफ्नो हिसाबले विश्लेषण गरेर फैसला दिएको भन्दै उनले भनिन्, ‘न्यायिक प्रक्रियामा हुने नै यही हो ।’

सर्वोच्च अदालतले गरेको आदेशपछि पनि यो मुद्दामा भोलि ठहरे बमोजिम हुने उनले बताइन् । आफूले गरेको आदेशको जिम्मेवारी लिने भन्दै प्रस्तावित न्यायाधीश सुवेदीले भनिन्, ‘मैले तत्काल प्राप्त प्रमाण, गिभन ल, संविधानको भावना सबैलाई आधार लिएर (फैसला) गरेको हो । यसमा मैले आत्मालोचना गर्ने हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?