+
+

भिजिट भिसामा विदेश पठाएको आरोपमा कन्सल्टेन्सीका सञ्चालक र कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १५:४५

२९ मंसिर, काठमाडौं । भिजिट भिसाका नाममा रकम असुली गरेर नेपालीलाई विदेश पठाएको आरोपमा ट्राभल्स एजेन्जीका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले निमा छिरिङ ट्राभल्सका सञ्चालक मनोज तामाङ र कर्मचारी पदम लामालाई पक्राउ गरेको हो । एसपी मिलन केसीका अनुसार, उनीहरुले अध्यागमन अधिकृतसँग सेटिङ मिलाएर भिजिट भिसामा युवालाई विदेश पठाउने गरेका थिए ।

प्रहरीले अध्यागमनका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्इाएको छ । प्रहरीले २७ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा उनले नक्कली कागजातका आधारमा प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म लिएर विदेश उडाउन सहजिकरण गरिदिने गरेको खुलेको थियो ।

थप अनुसन्धानका क्रममा उनीसँग सम्बन्धका आधारमा ३०० जनालाई विदेश पठाएको आरोपमा ट्राभल्सका सञ्चालक र कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?