+
+

त्रिविको दीक्षान्त समारोहले एनएसएलको खेल तालिका प्रभावित, आज खेल नहुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते ८:३९

१ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को दीक्षान्त समारोहका कारण दशरथ रंगशालमा भइरहेको नेपाल सुपर लिग (एनएसएल) ३०२३ प्रभावित भएको छ ।

त्रिविको दीक्षान्त समारोहका लागि पुस १  र २ गते रंगशाला  माग भएपछि एनएसएलको खेल तालिका प्रभावित हुने भएको हो ।

रंगशालामा त्रिविको कार्यक्रम हुने भएपछि दुई दिनको खेल तालिका परिवर्तन भएको एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

आयोजकले एनएसएल अवधिभरका लागि दशरथ रंगशालमा बुक गरेको थियो तर त्रिभुवन विश्वविद्यालयको आग्रहलाई स्वीकार  गर्दै खेल तालिका परिवर्तन गरेको आयोजकले जनाएको छ ।

आयोजकले आज १ पुसमा तय भएको खेल पछि सारेको छ र आज कुनै खेल हुने छैन । आज तय भएको काठमाडौं रेजर्स र धनगढी एफसीबीचको खेल सोमबार साँझ ६ बजेका लागि सारिएको छ ।

आयोजकले २ पुसमा दीक्षान्त समारोह सकिएपछि दिउँसो तीन बजे रंगशालमा एनएसएल आयोजकलाई हस्तानतरण गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै सोमबार ५ बजे तय भएको स्पोर्टिङ इलाम र ललितपुर सिटी एफसीको खेल मंगलबार दिउँसो १ बजे हुने भएको छ । जसले गर्दा मंगलबार दुई खेल हुनेछन् । यी दुई खेल बाहेक अन्य खेल भने पुरानै तालिका अनुसार हुनेछ ।

एनएसएलमा अब लिग चरणमा ९ खेल बाँकी छ । त्यसपछि प्लेअफ र फाइनलमा चार खेल हुनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?