+
+

पूर्ण संख्यामा आवेदन नपरेसम्म हिमालयन रिको आईपीओ खुला रहने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते ९:०९

१ पुस, काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा पूर्ण रुपमा आवेदन परेपछि मात्रै आवेदन लिने कार्य बन्द हुने भएको छ । छिटोमा आज आइतबारसम्म आवेदन दिन सक्ने व्यवस्था रहे पनि यस दिनसम्म पूर्ण संख्याको लागि आवेदन नपरेमा पुस ११ सम्म पनि लम्बिन सक्ने छ । यद्यपि पुस ११ अगावै सम्पूर्ण रुपमा आवेदन परेमा बीचमै आवेदन लिने कार्य बन्द हुनेछ ।

सर्वसाधारणबाट कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन माग भएकोमा शनिबार साँझ ५ बजेसम्म २ करोड ८ लाख ९५ हजार ७६० कित्ताको प्रस्ताव परेको छ । अब करिब ४१ लाख कित्ताका लागि आवेदन परेपछि मात्रै आवेदन लिने कार्य बन्द हुने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

शनिबार साँझ ५ बजेसम्म कुल ११ लाख ५६ हजार ४३४ जनाले आईपीओमा आवेदन दिएका छन् । कुल ४ अर्ब ३० करोड रुपैयाँ आवेदकहरुको बैंक खातामा रोक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?