+
+

रंगशालाको खेल मैदान जोगिने गरी दीक्षान्त समारोह स्थल तयार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १६:४१

१ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएल रोकेर नै दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आयोजना गर्न लागे पनि मैदानलाई कम असर पर्ने गरि कार्यक्रम स्थल तयार गरिएको छ ।

त्रिपुरेश्वरमा रहेको रंगशालाको मुख्य मैदान क्षेत्रलाई बार लगाई मैदानको उत्तरी भागमा स्टेज बनाइएको छ ।

एनएसएल आयोजकले खेल भइरहेको मैदानलाई कम असर पर्ने गरि कार्यक्रम हुन लागेकाले कार्यक्रम पश्चात मैदानलाई खासै असर नपर्ने बताएको छ ।

‘दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थी दर्शकको स्थानमा बस्ने भएकाले मैदानमा खासै असर नपर्ने तरिकाले मिलाएका छौं’, एनएसएल आयोजक तर्फबाट मिडिया म्यानेजर सुरज शाक्यले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

नेपाल सरकारको मातहतमा रहेको राष्ट्रिय खेलकुद परिषदको सञ्चालनमा रहेको दशरथ रंगशालामा दीक्षान्त समारोह यसअघि पनि हुन्थ्यो । तर यसपटक दीक्षान्त समारोहका कारण आइतबार र सोमबार तथा मंगलबारसम्मको खेलहरु प्रभावित भएका छन् ।

आइतबार खेल रोकिएको छ भने सोमबार ५ बजेको सट्टा ६ बजे खेल हुने छ । सोमबार दिउँसो दीक्षान्त समारोह गरेर साँझ त्यही मैदानमा खेल गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?