+
+

सुमनले गण्डकीबाट प्रधानमन्त्री कप खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १७:०३

१ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताका लागि सुमन खतिवडालाई समेट्दै गण्डकी प्रदेशले टिम घोषणा गरेको छ ।

बागमती प्रदेशबाट खेलिरहेकी सुमनले यसअघिको प्रधानमन्त्री कप व्यक्तिगत कारणले खेल्न पाएकी थिइनन् ।

यस पटक भने सुमनले गण्डकी प्रदेशबाट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेल्ने भएकी हुन् । उनी तीव्र गतिकी बलरसँगै मध्यक्रममा आक्रमक ब्याटिङ गर्न सक्ने राम्रो युवा अलराउन्डर खेलाडी हुन् ।

यसवर्षको प्रधानमन्त्री कप पुस ५ गतेदेखि १७ गतेसम्म मुलपानी र त्रिवी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र १ विभागीय टिम (एपीएफ) गरि ८ टिमले सहभागिता जनाउनेछन् ।

पहिलो पटक राउन्ड रोबिन प्रणालीमा हुन लागेको प्रतियोगितामा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष ४ टिमले प्लेअफ खेल्नेछन् ।

गण्डकीको टिम

कुसुम गोदार, अञ्जली विश्वकर्मा, सिमाना केसी, सृजना पौडेल, सृष्टि पौडेल, सुमन खतिवडा, ज्योत्स्नका मरासिनी, निरु जिटी, आकृति तिवारी, सेर्निया थापा, शिला रेग्मी क्षेत्री, श्रेया शाही, रचना पौडेल र आर्मिनी अधिकारी ।

वैकल्पिक खेलाडी

श्रेया शर्मा, धनाकुमारी क्षेत्री, कृषा आखेली र सुशीला भट्टाराई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?