+
+

एनओसीको सर्भर डाउन भएपछि नाराबाजीमा उत्रिए विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते २०:११

१ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र शाखा (एनओसी)को सर्भर डाउन भएपछि सेवा लिने विद्यार्थी प्रभावित भएका छन् ।

गत विहीबार साढे १० बजे डाउन भएको सर्भर अझैसम्म बन्न नसक्दा सेवा प्रवाहमा समस्या आएको एनओसी शाखा प्रमुख शान्तिराम पौडेलले बताए ।

उनले भने, ‘ बिहीबार केही घण्टामै सर्भर बन्छ भन्ने प्राविधिकले राति अबेरसम्मै लाग्‍ने बतायो।  शुक्रबार विहान ८ बजे सेवा दिने प्रतिद्धता दिएर विद्यार्थी पठाएँ । तर, फेरि राति फोन गरेर शुक्रबार पनि नबन्ने भन्ने जानकारी आएपछि सूचना निकाल्यौं ।’

आइतबार पनि समस्या समाधान नभएपछि सेवा दिन नसक्दा विद्यार्थीले नाराबाजी गरेको उनले बताए । शाखा प्रमुख पौडेलले भने, ‘दु:ख पाएपछि आएको प्रतिक्रिया हो । तर, हामीले पनि प्राविधिक समस्या हल गर्ने कोशिस गर्दा गर्दै नसकिरहेको अवस्था हो ।’

उनले सर्भरको समस्या सकेसम्‍म चाँडै समाधान गरेर सेवा दिने प्रतिवद्धता गरेपनि अझै केही दिन लाग्न सक्ने अवस्था रहेको बताए ।

उनका अनुसार प्राविधिकले सर्भरको लागि प्रयोग हुने डेटा भरिएको कारण समस्या आएको र अझै केही दिन लाग्न सक्ने जानकारी दिएको छ ।

उनले भने, ‘ अझै केही दिन लाग्न सक्ने प्राविधिकको भनाइ छ । त्यसकारण हामी वैकल्पिक उपायको विषयमा मन्त्रालयसँग छलफल गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?