+
+

लिलसँग बराबरीमा रोकियो पीएसजी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते ८:५७

२ पुस काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानका रहेको पेरिस सेन्ट जर्मने (पीएसजी) लिलसँग १-१ को बराबरीमा रोकिएको छ ।

इन्जुरी टाइममा गोल खाएपछि पीएसजीले लिग वानमा लगातार नवौँ जित हात पार्न सकेन ।

केलिएन एमबाप्पेले ६६औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । अन्तिमसम्मा अग्रता कायम राखेपनि पीएसजीले इन्जुरी टाइममा गोल खाएपछि ७ अंकको अग्रता बनाउन चुक्यो ।

लिलका लागि जोनाथान डेभिडले इन्जुरी टाइममा बराबरी गोल गर्दै अंक खोसे ।

बराबरीपछि लिग लिडर पीएसजीको १६ खेलबाट ३७ अंक छ र दोस्रो स्थानको नाइसमाथि ५ अंकको अग्रता छ । समान खेलबाट नाइसको ३२ अंक छ । मोनाको ३० अंकसहित तेस्रोमा छ ।

पीएसजीलाई बराबरीमा रोकेको लिल १६ खेलबाट २८ अंकसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?