
२ पुस, काठमाडौं । बोटलर्स नेपाल (तराई)ले प्रतिकित्ता ६० रुपैयाँ लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २७ गतेका लागि सोल्टी होटलमा साधारणसभा आह्वान गरेको हो ।
साधारणसभाले यसअघि घोषित प्रतिकित्ता सेयर बराबर ६० रुपैयाँ नगद लाभांश पारित गर्नुका साथै गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणसहितको लेखा परीक्षण प्रतिवेदन पारित गर्नेछ ।
कम्पनीले पुस २० गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) हुने जनाएको छ । पुस १९ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4