+
+

सर्लाहीमा दशगजा नजिक एक युवकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १२:०१

२ पुस, जनकपुरधाम । सर्लाहीमा दशगजा नजिक एक युवकको शव फेला परेको छ ।

मलंगवा नगरपालिका-८ दशगजा क्षेत्रमा  बरहथवा नगरपालिका-५ का २२ वर्षीय इजरुल महमम्मद शेष मृत फेला परेका हुन् ।

आइतबार दिउँसो १ बजेतिर उनी मृत फेला परेको सर्लाहीका प्रहरी प्रक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए ।

उनको मुखबाट फिज आएको र शरीरमा कतै कुनै घाउचोट नदेखिएकाले अत्यधिक लागऔषध सेवनको कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?