+
+

अस्मिनाको कप्तानीमा बागमतीको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १५:०८

२ पुस, काठमाडौं । बागमती प्रदेशले अस्मिना कर्मचार्यको कप्तानीमा प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिता खेल्ने भएको छ ।

अस्मिनाले यसअघि पनि बागमतीको कप्तानी गरेकी थिइन् । बागमतीले मुख्य प्रतियोगिता अघि छनोटसँगै इलिट ट्रफी र एपीएफ क्लबसँग ३ वटा टी–२० सिरिज खेल्दै प्रधानमन्त्री कपको तयारी गरेको हो ।

बागमतीमा अस्मिनासँगै खुसी डंगोल, सोनी पाख्रिन, कन्चन श्रेष्ठ र यसअघि राष्ट्रिय टोलीमा खेलेकी स्पिनर मनिषा उपाध्याय पनि टिममा छन् ।

यस संस्करणको महिला प्रधानमन्त्री कप पुस ५ देखि १७ गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ७ प्रदेश र १ विभागीय टिम (एपीएफ) गरि ८ टिमले सहभागीता जनाउने छन् ।

पहिलो पटक राउन्ड रोबिन प्रणालीमा हुन लागेको प्रतियोगितामा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । प्रतियोगिताका शीर्ष ४ टिमले प्लेअफ खेल्नेछन् ।

बागमतीको टिम

अस्मिना कर्मचार्य(कप्तान), सोनी पाख्रिन, कञ्चन श्रेष्ठ, खुसी डंगोल, हेलिसा गुरुङ, अस्मिता खरेल, कृष्मा गुरुङ, संस्कृति फुयाँल, सलिना सिलवाल, सविका कुमारी यादव, यशोदा विष्ट, विपिशा शाहीm मनिषा उपाध्याय र यशु पाण्डे ।

वैकल्पिक खेलाडीहरु :

सुजिता थापा, एली यादव, अनिशा मझाकोटी, लक्ष्मी माया रुम्बा

प्रशिक्षक : सुधीरकुमार महर्जन
म्यानेजर : निरा राजोपाध्याय
टेक्निकल एनालिष्ट(प्राविधिक विश्लेषक) : राजन शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?