+
+

प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा १२ टिम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १५:२१

२ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेशको काठमाडौं जिल्ला छनोटमा १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने छनोट प्रतियोगिता ३ पुसदेखि मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ए मा ग्रेट हिमालयन क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब र पुष्पलाल स्पोर्ट्स क्लब छन् ।

समूह बी मा क्रिकेट एक्सिलेन्स सेन्टर, ओएसिस क्रिकेट एकेडेमी र जेम्स थण्डर क्रिकेट एकेडेमी छन् ।

समूह सी मा नेक्सस क्रिकेट एकेडेमी,  न्यु भिजन क्लब र डीएभी क्रिकेट एकेडेमी तथा समूह डी मा महावीर क्लब, हिमालयन क्रिकेट एकेडेमी र परेवर ब्वाइज क्लब छन् ।

प्रतियोगिताको खेलहरु लिगकम नकआउटको आधारमा खेलाइनेछ र समूह चरणका सबै खेलहरु २५ ओभरको खेल काठमाडौं जिल्ला क्रिकेट संघले जनाएको छ ।

चारवटै समूहको शीर्ष स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल र फाइनल खेल भने ५० ओभरको हुनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलरलाई श्रेष्ठ टेलरिङको प्रायोजनमा सुट तथा आइटीएल ब्रान्डको मोबाइल प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको प्लेअर अफ दि म्याचलाई आइटीएल ब्रान्डको मोबाइल दिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?