+
+

पोखरा लेकसाइडको कन्सर्टसँगै १९७४ एडीले टुंग्यायो मिनी टुर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १७:१९

काठमाडौं । पोखराको लेकसाइडस्थित पारासिडो बारको कन्सर्टसँगै सांगीतिक ब्याण्ड १९७४ एडीको मिनी टुर सकिएको छ । ८०० भन्दा बढी दर्शकलाई ब्याण्डले ‘छुँदैन’, ‘हिंड्दा हिंड्दै’, ‘पिंजडाको सुगा’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’, ‘सम्बोधन’ लगायत चर्चित गीत सुनाएर झुमायो ।

कन्सर्टमा नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क समेत दर्शकदीर्घामा उपस्थित थिइन् । फेलिसिटीले सामाजिक सञ्जालमार्फत आफू १९७४ एडी ब्याण्डको फ्यान भएको बताउने गरेकी छन् ।

अक्सर ढिलो सुरु हुने लेकसाइडको लाइभ म्युजिक ट्रेन्डमा आफ्नो प्रिय ब्यान्डको प्रस्तुतिका दौरान ‘अब तपाईंहरूको पालो’ भन्दै १९७४ एडीका भोकलिस्ट तथा ड्रमर एड्रियन प्रधानले दर्शकहरूलाई पर्याप्त मनोरञ्जन दिलाए । फिरोज स्याङ्देनको स्वरमा ‘तिमीलाई पिरतीले बाँधौंला’ गीतबाट सुरु भएको कन्सर्ट एक दर्जन बढी गीतपछि एड्रियन प्रधानको स्वरमा ‘यो मन त मेरो नेपाली हो’ गीतसँगै टुंगिएको थियो ।

यो प्रस्तुति सन् २०२३ लाई मैझारो गर्नेगरी घोषणा गरिएको मिनी टुरको अन्तिम कन्सर्ट भएको ब्यान्डका व्यवस्थापक तथा पर्कसनिस्ट सञ्जय श्रेष्ठले जानकारी दिए । टुरमा यसभन्दा अगाडि ब्याण्डले भारत दार्जिलिङको खर्साङ, यूएईको दुबई र आबुधाबीमा प्रस्तुति दिइसकेको छ । १९७४ एडी ब्यान्ड सन् २०२४ मा स्थापनाको ३० औं वर्षमा प्रवेश गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?