+
+
Shares

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते २०:५४

२ पुस, बुटवल । गौतमबुद्ध बिमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै एक सातादेखि आन्दोलनरत पक्षसंग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार छलफल गरेको छ ।

रुपन्देहीका ३२ वटा व्यवसायिक र सामाजिक संघसंस्था आवद्ध सिद्धार्थ संजाल रुपन्देहीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनको माग गर्दै विमानस्थलको गेटमा एक सातादेखि धर्ना बसेर आन्दोलन गरिरहेको छ ।

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमवार आयोजित सरोकारवालासँगको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान छिटै नियमित सञ्चालन हुनेमा ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरेका छन् ।

‘हामी छिटै भैरहवा–दिल्ली, भैरहवा–नोयडा उडान नियमित गर्दैछौं’, मन्त्री किरातीको भनाइ उधृत गर्दै विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भने, ‘विमानस्थल ह्याण्डलिङ गर्ने कम्पनीलाई एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरी कार्यान्वयन गर्ने तयारीमा छौं ।’

छलफलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले विकेन्द्रीकरणको निति नलिंदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको बताए । ‘संघले अझै पनि केन्द्रीकृत मानसिकताले काम गर्दा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन हुन नसकेको हो’, मुख्यमन्त्री चौधरीले भने ।

छलफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थल सञ्चालनका चुनौती र अवसरका बिषयमा धारणा राखेका थिए । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले भैरहवा विमानस्थल बाट उड्ने प्यासेन्जर शुल्क घटाएर र त्रिभुवन विमानस्थलबाट उड्ने प्यासेन्जरको शुल्क बढाएर भैरहवाको बिमानस्थललाई नियमित गराउन प्रस्ताव राखेका थिए । कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भैरहवाबाट नोयडा उडान सञ्चालन गर्न आफू तयार रहेको बताए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले काठमाडौंका केही व्यवसायीको निहीत स्वार्थ र दवावका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए ।

सिद्धार्थ सञ्जालका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक सरकारी कार्यालयहरु तत्काल स्थापना गर्न र विमानस्थलबारे नकारात्मक प्रचार रोक्न सरकारी निकायको ध्यानाकर्षण गराए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?