+
+

‘ह्यारी पोर्टर’देखि ‘बिटल्स ब्याण्ड’सम्म, जसलाई २५ वर्षयता गुगलमा धेरै खोजियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १७:१५

काठमाडौं । गुगलले केही दिनअघि २५ औं वर्षगाँठ मनायो । सर्च इन्जिनको सुरुवात भएको यो अवसरमा गुगलले अहिलेसम्म सर्वाधिक खोजी गरिएको विवरण बाहिर ल्याएको छ ।

गुगलको यो सूचीले २५ वर्षसम्म मानिसले के कुरामा चाख राखिरहेका छन् भन्ने कुरा दर्शाउँछ । इन्टरनेट इतिहासको यो विकासक्रममा गुगलमा खोजिएका कुराले हामीलाई नोस्टाल्जिक पनि तुल्याउन सक्छ ।

यो सूचीले डिजिटल युगको सुरुवातदेखि अहिलेसम्म संगीत, कला, विज्ञान, खेल, मनोरञ्जन र यात्राबारे मानिसको रुचि र लोकप्रियताको सांस्कृतिक दायरालाई पनि दर्शाउँछ ।

२५ वर्षमा गुगलमा बढी के खोजियो ?

१) गायन – टेलर स्वीफ्ट
२) ब्वाय ब्याण्ड – बीटीएस
३) रक ब्याण्ड र एल्बम कभर – द बिटल्स
४) क्लासिकल कम्पोजर – लुडविग भ्यान बीथोभेन
५) सब-कल्चर – पंक
६) आर्टिस्ट – लियोनार्दो दा भिन्ची
७) सफलता – फ्युजन ब्रेक थ्रु
८) वैज्ञानिक – अल्बर्ट आइन्सटाइन
९) इमोजी – हार्ट इमोजी
१०) सुपरहिरो – स्पाइडरम्यान
११) फिल्म विधा – रोमान्टिक
१२) काल्पनिक राजकुमारी – फिक्सनल प्रिन्सेस
१३) फिल्म – ह्यारी पोर्टर

यीबाहेक गुगलले खेल, विज्ञान, समाज, जीवनशैलीका क्षेत्रमा पनि बढी के कुरा खोजिए भन्ने कुरा पनि उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?