+
+

एक वर्षभित्र शिक्षक पद रिक्त भए वैकल्पिकलाई नियुक्ति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते २०:४४

३ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सक्ने जनाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मागेको रायमा आयोगले वैकल्पिकलाई नियुक्ति दिन सकिने राय दिएको हो ।

एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा के गर्ने भन्दै केन्द्रले आयोगसँग मागेको रायमा आयोगले वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने जवाफ दिएको छ ।

शिक्षक सेवा आयोगले केन्द्रलाई राय दिँदै भनेको छ ‘शिक्षक सेवा नियमावली, २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (१) बमोजिम पद रिक्त भएमा २०५७ (संशोधनसहित) को नियम २५ को उपनियम (३) अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति गर्न सकिने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?