+
+

बारामा बस र ट्रक ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते ८:५३

४ पुस, काठमाडौं । बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।

दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वषर्ीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काˆलेले जानकारी दिए । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए ।

घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?