+
+

न्युक्यासललाई पेनाल्टीसुटआउटमा हराउँदै चेल्सी इएफएल कपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १०:५५

४ पुस, काठमाडौं । न्युक्यासल युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सी इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको क्वाटरफाइनलमा चेल्सीले पेनाल्टी सुटआउटमा न्युक्यासललाई ४-२ ले पराजित गरेको हो ।

सुरुमा पछि परेको चेल्सीले हार नजिक पुगेको बेला इन्जुरी टाइममा बराबरी गोल फर्काउँदै खेल पेनाल्टी सुटआउटमा पुर्‍याएको थियो ।

१६ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । तर इन्जुरी टाइममा मिखाइलो मुड्रिकले चेल्सीका लागि बराबरी गोल गरे ।

पेनाल्टी सुटआउटमा चेल्सीका लागि कोल पामर, कोनर गालाघेर, क्रिस्टोफर एनकुन्कु र मुड्रिकले गोल गरेका थिए ।

न्युक्यासलका लागि कलुम विल्सन र ब्रुनो गुइमारेजले मात्र गोल गर्न सके ।

च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको केही दिनपछि नै न्युक्यासल अर्को प्रतियोगिताबाट निराशाजनक नतिजासहित बाहिरिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?