४ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले सर्वसम्मतिबाट शान्ति प्रक्रियाका बाँकी काम टुंगिन नसके प्रक्रियागत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘ यो टुंग्याउँदा सही ढंगबाट ल्याइसकेको निस्कर्षमा सम्भव हुन्छ सबैको साझा समस्या हो, सर्वसम्मतिले टुंग्याउने कोशिष गर्नुपर्छ, सर्वसम्मत हिसावबाट टुंगिँदैन भनेपनि यसलाई लामो राखेर लैजानु हुँदैन की प्रक्रियासंगत ढंगबाट टुंग्याएर कार्यान्वयन गर्ने योजना र आँटका साथ जानुपर्छ ।’
उनले सबैको साझा समस्या भएकाले सकेसम्म सर्वसम्मत रुपमा टुंग्याउनुपर्ने र सर्वसम्मत हुन नसके प्रक्रियागत रुपमा टुंग्याइ कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए । उनले एकले अर्कोलाई दोष देखाएर नभइ जिम्मेवारीमा बसेको बेलामा यसको समाधान खोज्नुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘एकले अर्कोलाई दोष देखाएर होइन, जिम्मेवारीमा बसेको बेलामा यसको समाधान गर्नुपर्यो । त्यो गर्दा को सत्तामा छ यो कुराहरु होइन । के गर्नुपर्छ, यो कुरा हुनुपर्छ । के गर्दा यसको आधारभूत समाधान हुन्छ । जहाँसम्म समयसमयमा विधेयकहरु आउने, व्यापक रुपबाट विधेयकहरु छलफल हुने, पारित हुन नसक्ने यो स्थिति देशका राजनीतिक पार्टीहरुको जिम्मेवारीमाथि भर पर्छ ।’
उनले सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवि, राजनीतिज्ञहरु सबै मिलेर शान्ति प्रक्रियाका बाँकी काम ढिलो नगरी टुंग्याउनुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम अमुकअमुक नेताहरुको अघि सारेर मात्रै नटुंगिने आशंका व्यक्त गरे ।
उनले भने, ‘हिजोका डरलाग्दा दिनहरुलाई टुंग्याएर यो ठाउँमा पुग्यौँ । तर अब रहेका तुषहरुलाई कसरी समाधान गर्न सकिन्छ ? त्यसमा हिजोको आँखाबाट होइन, अब के गर्नुपर्छ भन्ने आँखाबाट विगतका कुराहरुलाई गर्न सकिने राहत, मलमपट्टी, सहयोग, परिपूरण के गर्न सकिन्छ ? कतिसम्म गर्न उचित हुन्छ ? यो कुराप्रति जिम्मेवार भएर सत्तापक्ष, प्रतिपक्ष सरकार, गैरसरकारी संस्था, बुद्धिजीवि, राजनीतिज्ञ सबैले अब यसलाई ढिलो नगरी टुंग्याउनुपर्छ ।’
सभामुख घिमिरेले टिआरसीसँग सम्बन्धित विधेयक समितिबाटै सबैले टुंग्याउन पहल गर्नुपर्ने बताए । ‘यो विधेयकलाई अमुकअमुक नेताहरुको अघि सारेर मात्रै सम्भवतः यो नटुंगिन सक्छ । त्यसैले यसलाई टुंग्याउनको लागि मान्य सांसदहरु, अहिले समितिमा हुनुहुन्छ, त्यहीँ टुंग्याउन कोशिस गर्नुपर्छ, समितिपछि चाँडै संसद चल्नेछ, संसदको पूर्ण बैठकमा त्यसलाई लगेर पनि छलफल गरी टुंग्याउनुपर्छ ।’ उनले भने ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4