+
+

‘आईएमई पे’ भिजा पार्टनरसीप अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १९:१४

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ‘भिजा पार्टनरसीप’ अवार्डबाट सम्मानित भएको छ ।

काठमाडौंमा ‘गलबार आयोजित भिजा लिडरसीप कन्क्लेभ-२०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा  ‘आईएमई पे’लाई एक्सिलेन्स इन फिनटेक पार्टनरसीप अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि ‘आईएमई पे’ र भिजा बीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ ।

‘आईएमई पे’ ले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ ।

आगामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने ‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?