+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

मन्त्री किरातीलाई बर्खास्त गर्न राप्रपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १७:३६

५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ ।

मन्त्री किरातीले बुधबार दिएको अभिव्यक्तिले एउटा धर्मलाई मात्र प्रोत्साहन गरेको भन्दै राप्रपाले आपत्ति जनाएको हो ।

बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।

राप्रपाले मन्त्रीको भनाइले एउटा धर्मलाई प्रोत्साहन भएको, सनातन धर्म र अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने जिकिर गरेको हो । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले मन्त्रीको भनाइ गैरसंवैधानिक, सामाजिक सद्भाव विथोल्ने, असहिष्णु र विभाजनकारी भएको बताएका छन् ।

‘संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन, त्यसर्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग राप्रपा जोडदार माग गर्दछ’, श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?