+
+

महिला क्रिकेटमा लुम्बिनीद्वारा गण्डकी पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १९:३७

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा जितका लागि पाएको १०३ रनको लक्ष्य लुम्बिनीले १८ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।

लुम्बिनीलाई जिताउन ओपनर लक्ष्मी चौधरीले ४२ तथा सरस्वती जिएमले १२ रन बनाइन् । लुम्बिनीले अतिरिक्त २३ रन पाएको थियो ।

गण्डकीका सृष्टि जैशीले २ तथा सुमन खतिवडा र सुमन गोदारले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।

उसका लागि सुमन खतिवडाले नट आउट ३३ रन बनाइन् । ओपनर अञ्जली विश्वकर्मा ३० रनमा आउट भइन् ।

बलिङतर्फ लुम्बिनीका सरस्वती पुन, मधु डिसी र कमला जिएमले समान १ विकेट लिए ।

काठमाडौंमा आजदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?