+
+

महिला क्रिकेटमा कोशीको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १२:३३

६ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो ।

कोशीलाई जिताउन काजल श्रेष्ठ र अप्सरी बेगमले समान ४१ रनको योगदान गरे । अप्सरी आउट भए पनि काजल नट आउट रहिन् ।

टिमलाई जितका लागि २ रन चाहिएको अवस्थामा १९ औं ओभरको पहिलो बलमा बागमतीकी कप्तान अस्मिना कर्मचार्यलाई छक्का प्रहार गर्दै काजोलले कोशीलाई जित दिलाएकी हुन् ।

४ रन बनाउँदा ओपनर रुबिना क्षेत्रीलाई गुमाएको कोशीका यी २ ले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए ।

१८ औं ओभरको अन्तिम बलमा अप्सरी बेगम क्याच आउट भइन् । अप्सरीले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् ।

बागमतीका संस्कृति फुयाँल र सोनी पाख्रिनले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको बागमतीले २० ‌ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । बागमतीका यशोदा विष्टले ४१ र अस्मिना कर्मचार्यले २४ रन बनाएका थिए ।

कोशीका सबनम राई र अप्सरी बेगमले समान २ विकेट लिए ।

कोशीले हिजो बिहीबार आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?