
काठमाडौं । द भ्वाइस अफ नेपालको सिजन ५ मा अहिले लाइभ राउण्ड चलिरहेको छ । गत साता फेथम ब्याण्ड र रोजिना बस्नेत प्रतिस्पर्धा बाहिरिए । यो सप्ताहन्त (शुक्रबार र शनिबार)को एपिसोडबाट थप दुईजना बाहिरिनेछन् ।
कोच प्रमोद खरेल र राजेशपायल राईको टिमबाट एक-एक प्रतिस्पर्धी बाहिरिनेछन् । आज बेलुकाको एपिसोडको अन्तिम पर्फमेन्ससम्म कम भोट प्राप्त गर्ने प्रतिस्पर्धी बाहिरिन लागेको निर्देशक लक्ष्मण पौडेलले बताए ।
टिम प्रमोदबाट प्रशान्त सिवाकोटी, तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बू प्रतिस्पर्धामा छन् । टिम राजेशबाट मकरबहादुर योञ्जन, मोनिका राई र अश्विन राई प्रतिस्पर्धामा छन् । यीमध्ये दुईजना बाहिरिने तय छ ।
गत साता टिम मिलनबाट फेथम ब्याण्ड र टिम उदयबाट रोजिना बस्नेत बाहिरिइसकेका छन् । शनिबार बेलुकादेखि आठैजना भोटिङमा जानेछन् ।
कोच उदयका विवेक बस्नेत र कुमार प्रयास, कोच मिलनका ट्रिजा प्रधान र विनोद राई आगामी राउण्डमा प्रवेश गरेका छन् । दर्शकको भोटिङका कारण यतिबेला भ्वाइसको लाइभ राउण्ड रोमाञ्चक बनिरहेको छ । दर्शकले खल्ती एपमार्फत मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।
जनवरी १२ मा फिनाले तय गरिएको निर्देशक पौडेलले बताए ।
प्रतिक्रिया 4