+
+
WC Series
पोखरा एभेन्जर्स 2025
28/2 (4.3)
VS
९३ बलमा १३८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

काठमाडौं महानगरका स्कुलमा अब डीआई राख्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १७:१०

६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्कुलमा अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालयमा राखिएका अनुशासन इन्चार्जले भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो प्राप्त भएसँगै महानगरले यस्तो निर्णय गरेको हो ।

महानगरले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न, नगराउन सूचित गरेको छ ।

यसअघि शुक्रबार नै महानगरले चाडपर्वका नाममा अतिरिक्त पोशाक किन्न बाध्य नगराउन विद्यालयहरुलाई सूचित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?