+
+

महिला क्रिकेटमा लुम्बिनीमाथि सुदूरपश्चिमको जित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १८:०५

६ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । त्यसक्रममा सुदूरपश्चिमले लुम्बिनीलाई ९ विकेटले हराएको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको ७२ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमलाई जिताउन नट आउट रहेका कविता जोशीले २४ तथा रेवती धामीले १७ रन बनाए । रुबी पोदारले १४ रन बनाइन् ।

यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सकेको थियो । लुम्बिनीका लागि सरस्वती पुनले १९ र आश्मा पुन मगरले १६ रन बनाए ।

सुदूरपश्चिमका लक्ष्मी साउदले २ तथा इश्वरी विष्ट, अनु खडायत र रितु कनौजियाले समान १ विकेट लिए ।

प्रतियोगितामा पहिलो जित हात पारेको सुदूरपश्चिम आफ्नो पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । लुम्बिनीले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई हराएको थियो ।

प्रतियोगितामा सहभागी ८ टिमले २ २ खेल खेल्दा एपीएफ र कोशीले समान ४ अंक बटुलेका छन् ।

सुदूरपश्चिम, गण्डकी,बागमती र लुम्बिनीले समान २ अंक पाएका छन् । मधेश र कणालीले भने दुवै खेल हारेका छन् र उनीहरुले कुनै अंक बटुलेका छैनन् ।

सहभागी सबै ८ टिमले एक अर्कासँग खेलेपछि शीर्ष ४ टोली अघिल्लो चरणमा पुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?