+
+

काठमाडौंमा माथिल्लो डोल्पाका तस्वीर प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ७ गते ११:५९
हिमचितुवाको तस्वीर देखाउँदै फोटोग्राफर राहुल गुप्ता ।

७ पुस, काठमाडौं । डोल्पाका फोटोग्राफर राहुल गुप्ताले खिचेको माथिल्लो डोल्पाका तस्वीरहरु काठमाडौंमा प्रदर्शन भइरहेको छ ।

बानेश्वरको उजामा क्याफेमा गुप्ताले अपर डोल्पामा खिचेका उत्कृष्ट तस्वीरहरु प्रदर्शनीका लागि राखिएको छ । प्रदर्शनमा गुप्ताले ४ जेठमा खिचेको तीन वटा हिमचितुवाको तस्वीर पनि राखिएको छ ।

‘एउटै फ्रेममा तीन वटा हिमचितुवालाई कैद गर्नसक्नु एकदमै दुर्लभ कुरा हो, त्यो अवसर मैले पाएँ’ गुप्ताले भने, ‘मेरो घर दुनै भएकाले मलाई हिमचितुवाबारे रुचि पनि थियो र यससम्बन्धी रिसर्च समेत गरिरहेको थिएँ ।’

त्यहीबीच जेठमा माथिल्लो डोल्पा गएका बेला दुर्लभ तस्वीर खिच्न सम्भव भएको उनले बताए । यो तस्वीर उनले ४ हजार २ सय मिटर उचाइमा खिचेका हुन् । ‘प्रदर्शनीमा भएका सबै तस्वीर ४ हजार मिटरभन्दा माथि उचाइका छन्’ प्रदर्शनी आयोजकमध्येका गोकुल जोशीले भने, ‘तिञ्जे, साल्दाङ, घोतराप, ताक्सी, ज्याङ्लापास लगायतका क्षेत्रका दुर्लभ तस्वीरहरु प्रदर्शनी स्थलमा विक्रीका लागि समेत राखिएको छ ।’

प्रदर्शनीमा माथिल्लो डोल्पाको स्थानीय संस्कृति र रीतिरिवाज झल्काउने तस्वीरहरु पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?