+
+

गंगालालको कार्यकारी निर्देशकमा दुई चिकित्सकको चर्चा, आकांक्षी डा. कोइरालाको राजीनामा संकेत

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ७ गते १८:३८

७ पुस, काठमाडौं ।  शहीद गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यकाल पूरा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार नै नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव तयार तयार पार्न लगाएका छन् । तर उक्त प्रस्तावमा कार्यकारी निर्देशकको नाम लेखिएको छैन ।

नयाँ कार्यकारी निर्देशकमा मुटु रोग विशेषज्ञ डा. रवि मल्ल र डा. अरुण मास्केको नाम चर्चामा छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री बस्नेतले डा. मल्ललाई नै कार्यकारी निर्देशकको जिम्मेवारी दिन चाहेका  छन् । ‘नयाँ निर्देशकको नाम टुगिएको छैन । अहिलेसम्म चर्चामा डा. मल्ल र डा. मास्केको छ’, स्रोतले भन्यो ।

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका शल्यचिकित्सक डा. रामेश कोइराला पनि कार्यकारी निर्देशक पदको आकांक्षी छन् । तर उनी प्रतिस्पर्धामा नै नरहेपछि राजीनामा दिने संकेत गरेका छन् । शुक्रबार राति साढे ९ बजेतिर उनले सामाजिक सञ्जालमार्फत अस्पतालमा राजनीतिक हस्तक्षेपप्रति असन्तोष प्रकट गर्दै राजीनामा दिन लागेको जनाउ दिएका छन्  ।

गंगालालमा जिम्मेवारी पाउने आशमा रहेका डा. कोइरालाले स्वास्थ्य मन्त्रालयमा अन्य चिकित्सकको नाम चर्चामा आएपछि राजीनामा दिने संकेत गरेका हुन् ।

‘देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरिकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दै छु । मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै सरी गंगालाल र धन्यवाद भाउजु !’ उनले ट्विटरमा लेखेका छन् ।

डा. कोइरालाले गंगालाल राष्ट्रिय हृदयकेन्द्रको कार्यकारी निर्देशक चयनमा भइरहेको राजनीतिक हस्तक्षेपबारे कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा चुप बसेको भन्दै असन्तुष्टि जनाएका छन् । ‘यो ताण्डवको विपक्षमा हैनौं भने तिमीहरुको हैसियत के ? म त घर जसरी पनि चलाउँछु, तर तिमीहरुले देश चलाउन्नौं !’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?