+
+

गौशालाकी उपमेयर चढ्ने गाडीमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते ९:२०

८ पुस, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।

गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयबासिन्दाले आगो निभाएपछि क्षति हुनबाट जोगिएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजनी गरेको बताए ।

उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ ।

घटनास्थलबाट एकवटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?