
८ पुस, काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित भएको छ ।
संसदको कानून न्याय तथा मानव अधिकार समितिमा आज उक्त विधेयकमाथि छलफल गर्ने तय भएको थियो ।
आजको छलफलका संधोशन दर्ता गराएका २० जनालाई बोलाइएको थियो । तर, एकैपटक बोलाउनु पर्ने र आजको बैठक स्थगित गर्नुपर्ने संसोधनकर्ताले माग गरेपछि छलफल स्थगित भयो ।
समिति सभापति विमला सुवेदीका अनुसार आज २० जनालाई उपस्थित हुन भनिएको थियो । यो विधेयकमा ६२ जना सांसदको संसोधन परेको छ ।
संसोधनकर्ता सांसदहरु डोलप्रसाद अर्याल, रघुजी पन्त, गणेश पराजुली, अमरेशकुमार सिंहलगायतले सबै संसोधनकर्ताहरुसँग एकैपटक छलफलको माग गरेका थिए ।
सभापति सुवेदीले ६२ जनामध्ये ५६ जनासँग कुरा गरेको र उपस्थित हुन सक्ने २० जनालाई बोलाइएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4