+
+

एपीएफको लगातार तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १३:०६

८ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा एपीएफले लगातार तेस्रो जित हात पारेको छ । ८ टिम सहभागी जारी प्रतियोगिताका लगातार तेस्रो खेल जित्ने एपीएफ र कोशी मात्रै हुन् ।

आफ्नो तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ९० रनले हराउँदै एपीएफले प्रतियोगितामा जितको यात्रा कायम राखेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

राष्ट्रिय टिमकी कप्तान इन्दु बर्माले एपीएफका लागि अलराउन्डर प्रदर्शन गरिन् । ब्याटिङमा ७० रनमा अविजित रहेकी इन्दुले बलिङमा ३ विकेट लिइन् ।

ओपनर ममताले ५८ बलमा ५ चौका सहित ५९ रनको अर्धशतकीय पारी खेलिन् ।

लुम्बिनीका लागि सरस्वती पुन र शर्मिला रोक्काले समान १–१ विकेट लिए ।

एपीएफले दिएको १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रनमै सिमित भएको हो ।

लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले २८ रन बनाइन् । उनले ४९ बलमा २ चौका प्रहार गरेकी हुन् । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।

एपीएफकी बर्माले ३ सँगै बिनु बुढाले २ विकेट लिइन् । रेखा रावल, करुणा भण्डारी र सीता राना मगरले समान १–१ विकेट लिए  । एपीएफले यसअघि मधेश प्रदेशलाई १० विकेट र सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।

आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरे पनि लुम्बिनी दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशसँग ९ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?