+
+
Shares

राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १३:४४

११ पुस, काठमाडौं । कांग्रेस आईका नेता राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने भएका छन् । यो यात्रा १४ जनवरीबाट सुरु हुनेछ र २० मार्चसम्म जारी रहनेछ।

कांग्रेस महासचिव केसी वेणुगोपालले बुधबार पत्रकार सम्मेलन गरेर यो भ्रमणको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘डिसेम्बर २१ मा, कांग्रेस कार्यकारिणी समितिले राहुल गान्धीले पूर्वदेखि पश्चिमसम्म यात्रा गर्नु पर्छ भन्ने राय दिएको थियो। राहुल गान्धीले पनि कांग्रेस कार्यसमितिको राय स्वीकार्दै यात्रा गर्न राजी भए। अखिल भारतीय कांग्रेस कमिटीले जनवरी १४ देखि मार्च २० सम्म मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने निर्णय गरेको छ।’

६५ दिनको यात्रामा राहुल गान्धीले ६ हजार २०० किलोमिटरको दूरी तय गर्नेछन् । यो यात्रा १४ राज्यका ८५ जिल्ला हुँदै जानेछ । यस यात्रामा राहुल गान्धीले मणिपुर, मेघालय, नागाल्याण्ड, असम, पश्चिम बंगाल, बिहार, झारखण्ड, ओडिशा, छत्तीसगढ, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात र महाराष्ट्रको भ्रमण गर्नेछन्।

कांग्रेस महासचिवका अनुसार राहुल गान्धीले यसअवधिमा युवा, महिला र सीमान्तकृत मानिसहरूसँग कुरा गर्नेछन्। राहुल गान्धीले भारत जोडो यात्रा पैदल हिँडेका थिए । तर अब हुन लागेको भारत न्याय यात्रामा भने गाडी पनि प्रयोग गर्ने छन्। वेणुगोपालले गाडी प्रयोग गर्दा धेरैभन्दा धेरै मानिससम्म पुग्न मद्दत गर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?