+
+

अधिक तरलता भएपछि ३५ अर्ब तानेको भोलिपल्टै २० अर्ब रूपैयाँ खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १७:४५

११ पुस, काठमाडौं । बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिचेको भोलिपल्टै नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब तरलता खिच्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार (११ पुस) निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब तरलता खिचेको थियो ।

बुधबारको बोलकबोलमा बैंकहरुले ३५ अर्ब तरलता राष्ट्र बैंकमा राख्न ३८ अर्ब ४० करोड रुपैयाँको बोलकबोल पेश गरेका थिए ।

राष्ट्र बैंकले औसत २.८५९४ प्रतिशत ब्याजदरमा ३५ अर्ब निक्षेप लिएको हो । अधिकतम ३.१२०० प्रतिशत र न्यूनतम २.४९ प्रतिशत ब्याजदरमा बैंकहरुले निक्षेप राख्नु प्रस्ताव गरेका थिए ।

बुधबार ३५ अर्ब तरलता खिचेपछि पुनः राष्ट्र बैंकले बिहीबार थप २० अर्ब तरलता खिच्न निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर भन्दा अन्तरबैंक ब्याजदर कम भएपछि राष्ट्र बैंकले रिभर्स रिपो वा निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने गर्दछ ।

७ साउनमा ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले निक्षेप संकलन दर ४.५ प्रतिशत कायम गरेको थियो । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत त्यसलाई घटाएर ३ प्रतिशतमा ल्याएको छ ।

चालु आर्थिक वर्षमा मौद्रिक नीतिमा नै राष्ट्र बैंकले निक्षेप संकलन दरमा बैंकहरुलाई स्थायी निक्षेप संकलन सुविधा दिने बताएको थियो । तर, त्यसको कार्यविधि बनेर कार्यान्वयनमा आउन तेस्रो त्रैमाससम्म लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?