+

चेल्सीलाई हराउँदै सिटी एफए कप फाइनलमा

२०८१ वैशाख  ९ गते ८:०१ २०८१ वैशाख ९ गते ८:०१
चेल्सीलाई हराउँदै सिटी एफए कप फाइनलमा

९ बैशाख, काठमाडौं । म्यानचेष्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । बर्नार्डो शिल्भाको एक मात्र गोल मद्दतमा चेल्सीलाई १-० ले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो ।

लण्डनस्थित वेम्बलीमा भएको खेलमा बर्नार्डो शिल्भाले ८४औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

सिटीले अब उपाधिका लागि म्यानचेष्टर युनाइटेड र कोभेन्ट्री सिटीबीच आइतबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

फाइनल खेल २५ मे मा वेम्बलीमै हुनेछ ।

एफए कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय