+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसले रोक्यो केन्द्रीय समिति बैठकको लाइभ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १५:५०

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय, सानेपामा सुरु भएको छ ।

पार्टीकोतर्फबाट मन्त्रीहरुको कामकारबाहीको समीक्षा सहितका एजेण्डामा छलफल गर्न बोलाइएको बैठकको कांग्रेसले बैठकको प्रत्यक्ष प्रसारण भने भएन ।

कांग्रेसले साउनदेखि केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण सुरु गरेको थियो । त्यसबेला पार्टी सभापति शेरबहादुर देउवा स्वयंले लाइभ गर्न जोडबल गरेका थिए । मंसिरमा बसेको बैठक पनि लाइभ गरिएको थियो ।

यो पटक बैठक लाइभ भएन । बैठकमा केही नेताहरुले यसबारे सोधीखोजी पनि गरेका थिए ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लाइभ गर्ने प्राविधिक बाहिर भएको बताए । आजको बैठकमा अन्तिमतिर मात्र आइपुग्ने भन्दै उनले अघि, ‘यो बैठकमा नगर्दा पनि हुन्छ, अर्को बैठकदेखि गरौं भन्ने भयो ।’

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि सुरु हुने ‘समुदायमा कांग्रेस’बारे जानकारी गराएका छन् । क्रियाशील सदस्यता नवीकरणको फारम मंसिरमा पठाएको भए पनि जिल्ला सभापतिहरुले अगाडि नबढाएको उनले सुनाए ।

सहमहामन्त्री जीवन परियारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि अस्थायी टहरा बनाएको विषयमा जानकारी गराएका छन् ।

केन्द्रीय सदस्य डीला संग्रौलाका अनुसार बैठकमा मन्त्रीहरुको कामकारबाहीबारे छलफल हुनेछ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेको कामकारबाहीबारे बैठकलाई जानकारी गराएको उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?