+
+

काठमाडौं विमानस्थलको विकल्प खोज्नु पर्ने बेला भएको छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १९:३१
फाइल तस्वीर

१३ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनले अबको १० वर्ष भित्रमा यो विमानस्थलबाट यात्रुको चाप थेग्न धेरै समस्या हुने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जति लगानी थपे पनि अब समयको माग अनुरुप परिणाम दिन नसक्ने उनको भनाइ छ ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको बताए । उनले पोखरा, निजगढ, भैरहवा र काठमाडौंको विमानस्थललाई पीपीपी मोडलमा लानेगरी प्रक्रिया अगाडि बढाएको पनि बताए ।

मन्त्री किरातीले युरोपियन युनियनले नेपाललाई कालोसूचिमा राख्नका कारण १२ बुँदामा लेखेर पठाएको भन्दै सो बुँदा सच्याएमा कालोसूचिबाट हटाउने बताए ।

उनले सो १२ बुँदा अनुरुप सच्याउन कार्यान्वयनको चरणमा अगाडि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?